बाढीपीडितले पाए अस्थाइ टहरा, खद्यान्य संकट भएको गुनासो

दमक, १२ माघ / इजरायलमा  बस्ने झापालीहरुले झापाको शिवसतासीस्थित चिल्लागढका बाढीपीडितहरुलाई अस्थायी टहरा निर्माणमा सहयोग प्रदान गरेको छ ।
 बाढीपीडितहरुको बसोबासका लागि झापा–इजरायल सम्पर्क समाजले २ लाख २० हजार रुपैया बराबरको भौतिक सामाग्रीहरु उपलब्ध गराएको थियो । समाजले बाढीपीडितहरुलाई २० बण्डल जस्तापाता, १५ बोरा सिमेन्ट ,४२ थान ट्रष्ट पिलर ,३ थान ट्वाइलेट सेट ,२ थान ट्यूववेल उपलब्ध गराएको थियो । 
 गएको साउनको दोश्रो सातादेखि कन्काई नदीको कटानबाट त्यस क्षेत्रका ७ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका थिए । विस्थापित पछि ती बाढीपीडितहरु स्थानीय कन्काई सिचाई आयोजनाको क्षेत्रमा पर्ने सैनिक बस्तीमा अस्थायी टहरा निर्माण गरि बस्दै आएका छन् ।  

0 comments:

Post a Comment