ताप्लेजुङ, १२ माघ /  हिउँदको समय लागे सँगै ताप्लेजुङमा पुन आगलागिको घटनामा बृद्धि भएको छ ।गत सोमबार दिउँसोबाट पाथीभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 
आगलागिका कारण लालिगुराँसले ढाकेको ठुलो क्षेत्रको बन जलेर नस्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताउनु भयो । समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हिजो दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोलीले पनि आगो निभाउने प्रयास गरिरहेको शेर्पाको भनाई छ । 
प्रहरी र सेना सहित जिल्ला बन कार्यालयले पनि आगो नियन्त्रणका लागि कर्मचारी खटाएको बन कार्यालयले बताएको छ । आगो ठुलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या भएपछि चारैतिर अग्निरेखा कोर्न थालिएको स्थानियले बताएका छन् । 
यसैविच ताप्लेजुङको नाल्बुमा एक घरमा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ । हिजो दिउँसो नाल्बु नौ का सुम्बा शेर्पाको दुई तले घरमा अचानक आगलागि हुँदा सो मुल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  
 

0 comments:
Post a Comment