सुजाता निङ्गलेकु दमक-माग २८/ झापाको दमक स्थित एस जी होटलमा आज तोपगाक्षी फिल्मस् स्टुडियोको आयोजनामा फिस्टेल एयरका क्यापटेन स्व. रञ्जन खेवाङ लिम्बुको स्मृतिमा उनका पिता भक्त खेवाङ लिम्बुलाई सम्मान गरीएको छ ।
गत साउन २४ गते गोर्खा देखि काठमाँडौ बिरामी उद्धार गर्ने क्रममा फिस्टेल एयरका हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका थिए । सो कार्यक्रमा स्वागत मन्तव्य संघिय लिम्बुवान महिला परिषदकी झापा जिल्ला अध्यक्ष गंगा शेर्मा राईले राखेकी थिइन । भने झापाली शरोकार युवा मञ्च संस्थापक अध्यक्ष कविराज चाम्लीङ राई लगायतका वक्ताहरुले स्व. रनजन प्रति पुनः स्मृतीका साथ भाव पूर्ण श्रद्धानजली मन्तव्य राखेका थिए ।
२०४६ सालमा हङकङमा जन्मीएका स्व. लिम्बु सानै बाट तेज र पराक्रमी रहेको १८ महिनाको हुँदा देखि नै स्कुल जान थालेका उनी १९ वर्षकै कलिलो उमेरमा पाइलट बन्न सफल भएका थिए । स्व. लिम्बु पाईलट मात्र नभई उनी प्रोफेसनल आट्रीट्स, प्रोफेसनल डिजाइनर, फोटो ग्राफर पनि रहेका उनका पिताले बताए । क्यापटेन स्व. रन्जन सबैभन्दा शाहसी र कम उमेरका पाईलट केबल उनका आमा र बाबाले मात्र गुमाएका छैनन् गुमाए सारा नेपाली आमाले यस्ता होनाहार नेपालका बहादुर आमाका छोरालाई गुमाइ रहदाँ राज्यले बेवास्ता गरे पनि पूर्वेली दाजुभाईहरु तथा सुभचिन्तकहरुले आज सम्म मानसम्मान र साथ दिरहेका उनका पिता भक्त खेवाङले कार्यक्रममा बताए । कार्यक्रममा बोल्दै खेवाङले यही फागुन ३१ गने नयाँ वर्षलाई लक्षीत गर्दै तोपगाक्षी फिल्मस स्टुडियोका् आयोजनामा स्व. रन्जनको स्मृतीमा हुने पुर्वाञ्चल सिङ्गीङ कम्पीटीसन कार्यक्रममा नगद रु पच्चास हजार सहयाोग गर्ने घोषणा गरेका छन् । कार्यक्रमा प्रमुख अथिति संघिय लिम्बुवान पार्टी नेपालका सह– ध्यक्ष्य खगेन्द्र माखिमक तथा विशिष्ट अथिति इलाका प्रहरी कार्यलय प्रमुख डि.एस.पि राजन लिम्बुद्धारा सम्मान पत्र स्व. रन्जन लिम्बुका पिता भक्त खेवाङलाई हस्तान्तरण गरेका थिए ।
0 comments:
Post a Comment