—जनताका लागि भनेर गरिएको राजनीति आखिर कसका लागि ?
—के त्यो देशको राजनीतिले एउटै भूगोलभित्र पनि प्रायोजितरुपमा क्षेत्र विशेषका जनताको पक्ष र विपक्ष लिन मिल्ला ?
—के यसरी गरिएको राजनीतिको महाकुम्भ कहिलेसम्म जनता मार्ने खेती बनिरहन्छ, यसको जवाफ कसले दिने ?
घटनापछि पनि घात प्रतिघात
शनिबारदेखि सुरु एमालेको १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान सोमबार सप्तरी पुग्यो । तर संविधान संसोधनको विषयलाई लिएर असन्तुष्ट रहेकोे मधेसी मोर्चाले सोमबारनै सप्तरी बन्दको घोषणा गरेको थियो । एमालेले मोर्चाको बन्दको बीच पनि कार्यक्रम गर्यो ।एमालेले राजविराज रंगशालामा राखिएको आमसभा बन्दका कारण गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सार्यो । एमालेले त्याहा कार्यक्रम सकेर फर्कनै लाग्दा मोर्चाका कार्यकर्ता र प्रहरी बिच झडप भयो । केहिले ज्यान गुमाए त धेरैको संख्यामा घाईते भए । संयममता अपनाउन नसक्दा अप्रिय घटना घट्न पुग्यो सप्तरीमा ।तर यस्तो अप्रिय घटनापछि पनि न त एमालेले आफुले गल्ती गरे भन्यो न त मधेसी मोर्चाले नै । बरु अहिलेपनि एमालेले मोर्चालाई दोष देखाईरहेको छ भने मोर्चाले एमालेलाई र सरकारलाई ।सोमबार सप्तरी घटनापछि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल राति झापा आईपुगे । हामीले मंगलबार बिहान एमाले महासचिव ईश्वर पोखरेललाई झापा दमकस्थित ओली निवासमा भेट्यौ । उनलाई हामीले सप्तरी घटनाका बिषयमा तपाई के भन्नुहुन्छ भनी सोध्यौ । जहा उनले सकेसम्म मोर्चाकै गल्ती भएको आरोप लगाए । उनले एमालेको अभियानले मोर्चाको टाउको दुख्नु नै सप्तरी घटनाको जन्म भएको प्रतिक्रिया दिए ।यस्तै हामीले मंगलबार राति झापाको खजुरगाछी पुगेका मधेसी मोर्चा घटक दल सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमनलाई पनि भेट्यौ र सप्तरी घटना बारे मोर्चाको भनाई के छ भनि सोध्यौ । जहा उनी भन्दै थिए, एमाले पार्टीसँग आफुहरुको कुनै रिसराग नरहेको तर एमालेका नेताहरुको बोलीले आफुहरुलाई पोल्ने गरेको प्रतिक्रिया दिए । सरकारले नीरिहता प्रकट गरेको भन्दै सुमनले सरकारको आलोचना पनि गर्न भ्याए ।दुई पार्टीका नेताका कुरा सुन्दा यस्तो लाग्यो कि अझैपनि यो घटनालाई कसैले आत्मसाथ गर्न खोजेका छैनन् । घटना पछि पनि घात प्रतिघात भईनै रहेको र गल्तीलाई कसैले आत्मसाथ नगरेको देख्दा नागरिक भने निराश देखिन्छन् ।
सप्तरीमा संयमताका लागि सावधानी
पवित्र उदेश्यका साथ सुरु भएको एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भनिएपनि सोही प्रकृतिको कार्यक्रम हुनेमा धेरैले शंका गर्न थालेका छन । झापाबाट सुरु भएको कार्यक्रम सप्तरीमा पुगेर विथोलिएन मात्र निहत्था नागरिकको मृत्यु हुने तहसम्म पुगेपछि असामान्य बनेको वातावरण अझै सप्रिसकेको छैन । यसैकारण गृह मन्त्रालय एमालेलाई कार्यक्रम गर्नबारे निर्धक्कखाले जवाफ दिन सकिरहेको छैन । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी घटना यसैका कारण घटेको हो भन्ने बिषयमा अहिले नै बोल्न नमिल्ने बताउछन् । घटनाको छानविन गरि सत्यतथ्य बाहिर ल्याएर मात्र यसबारे प्रतिक्रिया दिने उनको भनाइ छ ।घटनापछि दमनको आरोपमा शान्ति सुरक्षासँग जोडिएका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु समेत सरुवा गरेर घटनाबारे छानविन सुरु भएको प्रवक्ता पन्थीले जानकारी दिएका छन । मन्त्रालयले सामाजिक सद्भाव भड्कन नदिन सप्तरी क्षेत्रमा संयमताका लागि आह्वान समेत गरेको छ ।नेपाली कांग्रेसका तराइ मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि घटनाको न्यायीक छानविनको माग गर्दै संयमताका लागि आह्वान गरेका छन । कांग्रेसका तर्फबाट सिरहाको प्रतिनिधित्व गर्ने सांसद मोख्तार अहमद घटनाका बारेमा न्यायीक छानविन हुनुपर्ने बताउछन् ।यद्यपी सामाजिक क्षेत्रबाट संयमताका लागि जतिसुकै आह्वान भएपनि मधेसी मोर्चाका नाममा सप्तरीसहितका मधेसी बाहुल्य रहेका कतिपय जिल्लामा बन्द हड्ताल र तोडफोडजस्ता घटनाले आजकाल पनि निरन्तरता पाएका छन ।
0 comments:
Post a Comment