दमकका फुटपाथ ब्यापारीको कब्जामा

 -यात्रुलाई सास्ती
 -सरोकारवाला मौन 
 -नगरपालिका रमिते 
दमकमा अव्यवस्थित फुटपाथ व्यापारका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यति मात्र हैन यात्रुलाई सास्तीसँगै शहरी सौन्दर्यता समेत बिगारेको छ । जसका कारण ट्राफिक ब्यवस्थापनका लागि भएका पहलहरु पनि प्रभावकारी बन्न सकिरहेका छैनन् । 
       दमकका मुख्य र ब्यस्त ठाउहरुमा फुटपाथ ब्यवयाय सञ्चालनमा छन् । बजारका सडक पेटीहरु फुटपाथ व्यापारीको कब्जामा छन् । उनीहरु हिँडडुल गर्न नै अप्ठ्यारो हुने गरी सामान फिँजाएर बस्छन् र सर्वसाधारण यात्रुहरु भने सवारी साधनबाट जोगिँदै हिड्नु पर्ने बाध्यता छ । दमक नगरपालिकाले फुटपाथका पसलहरु हटाउन बेला–बेलामा प्रयास पनि गर्दै आएको छ । मुख्यगरी दमकका ब्यस्त ठाउहरुमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन हुदा दुर्घटनाको जोखिम समेत बढेको छ । विना सम्झौता चलेका यस्ता पसलले नगरपालिकालाई न त कर नै तिर्छन । बरु उनीहरुले आफ्नो मानो भरिरहेका छन् अनि यात्रुलाई दुःख दिईरहेका छन् । 
      ट्राफिक प्रहरी र नगर रक्षक खटीएपनि ब्यवस्थापनको काम नाम मात्रको जस्तो देखिन्छ । सरकारले फुटपाथमा हुने ब्यापार हटाउन प्रयास बेला–बेला नगरेको पनि होइन । तर, ब्यापारीहरुको बिरोधका कारण अभियान प्रभावकारी बन्न सकिरहेको छैन । फुटपाथका ब्यापारीहरु भने आफ्नो ब्यापारलाई पनि ब्यवस्थित बनाउनुपर्ने बताउछन् । फुटपाथमा हुने ब्यापार हटाउनु भन्दा पनि ब्यवस्थीत गरेर आफ्नो आम्दानीको बाटो नखोस्न उनिहरु नगरपालिकासँग माग गरिरहेका छन् । 
          फुटपाथमा सानु ब्यापार गर्नका लागि ठुलो पुजी पनि नचाहीने कारणले सजिलै राम्रो आम्दानी हुने भएपछि फुटपाथ ब्यवसाय रोजेको उनिहरु बताउछन् । यतिसम्म कि दमकको मुख्य चोकमै रहेका पशलहरुले फुटपाथ नै आफ्नो कब्जामा लिएका छन् । तर यस बिषयमा सरोकारवालाको अहिलेसम्म ध्यान गएको छैन । 
सडक छेउका पसलसंगै अव्यवस्थित सवारी पार्किङले पनि ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ । सहरी सौन्दर्यता, दुर्घटनाको जोखीम कम गर्न र ट्राफिक ब्यवस्थापनका लागि फुटपाथ ब्यापारीलाई ब्यवस्थीत गर्न जरुरी छ । जसका लागि सम्बन्धीत निकायहरुले चालेका कदमहरु प्रभावकारी बनाउन आवस्यक छ । 

0 comments:

Post a Comment