चर्चित उपन्यास समर लभ माथी फिल्म घोषणा - भारतिय नागरिक रेवती साया बन्ने

युवा लेखक सुविन भट्टराई द्वारा लिखित उपन्यास समर लभ माथी फिल्म बन्ने भएको छ । नाई नभन्नु ल ३ु निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो  । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक भट्टराई समेत उपस्थित थिए । सुविनले मुस्कान ढकाल सहितको टिममाथी विश्वास गर्दै आफ्नो उपन्यास माथी फिल्म बनाउन अधिकार दिएको बोले । फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् ।

दुई बर्ष पहिलेदेखि निर्माणको चर्चा रहेको फिल्म आईतबार मात्र घोषणा भएको हो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ुसमर लभुका मुख्य पात्र अतित र सायाको भुमिका निभाउँदै गरेका दुई लिड कलाकार पनि सार्वजनिक गरिएको छ ।

फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागी यो फिल्म डेब्यू हुनेछ भने निक्कै खोजीपछि सायाुको भुमिका निभाउन लायक पात्र रेवती क्षेत्री ठहरिएकी छिन् ।

नेपाली मुलका बुबा आमाकी छोरी रेवती आफु भने भारतिय नागरिक हुन् । २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ुग्याङ्ग अफ नर्थवेस्टु नामको भारतिय फिल्म गरिसकेकी छिन् भने खातुनु नामको फिल्म समेत गर्दैछिन् ।

नेपाललाई मामाघर सम्झिने रेवतीले समर लभु पुर्णतस् पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै तर्क अतित बन्दै गरेका आशिषको पनि थियो ।

फिल्मको संवाद लेखनमा सुविन र सामिप्यराज तिमिल्सेनाले सहकार्य गरेका छन् भने संगीत पुष्पन प्रधानक रहनेछ ।  नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।

काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिने बताईएको छ । बैशाखको दोश्रो हप्ताबाट फिल्म फ्लोरमा जानेछ ।

0 comments:

Post a Comment