आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो ।
जवाफमा आरसिबीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो । आरसिबीलाई रोक्ने क्रममा सनराइजर्सका रसिद खान, भुवनेश्वर कुमार र आशिष नेहराले समान २ तथा दीपक होड्डा र विपुल शर्माले समान १ विकेट लिए ।
तीब्रगतिमा रन जोड्ने क्रममा युवराज सिंहले २७ बलमा ६२ रन बनाएका थिए । म्यान अफ दी म्याच बनेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । टोलीका लागि मोसिस हेरिक्वेसले ५२ र ओपनर शिखर धवनले ४० रन जाडे । मोसिसले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
दीपक होड्डा र बेन कटिङ समान १६ रनमा अविजित रहँदा अर्का ओपनर डिभिड वार्नरले १४ रन बनाए । आरसिबीका टेमाल मिल्स, अंकित चौधरी, युजभेन्दर चाहाला र स्टुआर्ट बिन्नीले समान १ विकेट लिए ।
जवाफमा २ सय ५ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि ओपनर क्रिस गेलले सर्वाधिक ३२ रन बनाए । त्यस्तै केदार जादवले ३१,ट्राभिस हेडले ३०, मन्दीप सिंहले २४,स्टुआर्टले ११ रन बनाए भने अन्य खेलाडीले दोहारो आकडामा रन जोड्न सकेनन् ।

0 comments:

Post a Comment